कोरोनाबारे पछिल्लो जानकारीः १८ जनाको मृत्यु, ३५५६ संक्रमित थपिए, १५०३ जना डिस्चार्ज

137
फाइल तस्विर

असोज २७,
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । जसमध्ये ३५ हजार ९ सय १९ जना सक्रिय संक्रमित हुन् । 
त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ संक्रमित उपचारपछि निको भएका छन् । योसहित निको हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।