असोज २६,
बलिउड । आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी छोरी इरा खान विगत चार वर्षदेखि क्लिनिकल डिप्रेशनसँग जुधिरहेकी छिन् । यो खुलासा इरा आफैले सोसल मिडियामार्फत् गरेकी हुन् । शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको मौकामा उनले एक भिडियो सार्वजनिक गर्दै आफ्नो कुरा राखेकी हुन् ।
‘म चार वर्षदेखि डिप्रेशनमा छु’ भिडियोमा इरा भन्छिन्, ‘हाय ! म डिप्रेस्ड छु । म चार वर्षदेखि डिप्रेशनमा छु । म डाक्टरकोमा पनि गएकी थिएँ । म क्लिनिकल्ली डिप्रेस्ड हुँ । तर अब म राम्रो महसुस गरिरहेकी छु र पछिल्लो एक वर्षदेखि मानसिक स्वास्थ्यको विषयमा केही गर्न चाहिरहेकी थिएँ । तर बुझ्न सकेकी थिइनँ कि के गरुँ ।’ -एजेन्सी