दाङका बासिन्दामा खुसीयाली, बुटवलमा रुवाबासी

179

असोज १६
काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी राख्न प्रदेश सभा बैठकमा प्रस्ताव दर्ता भएको भएपछि प्रदेश ५ मा तरंग पैदा भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेपछि प्रदेश ५ मा एक एक नयाँ तरंग पैदा भएको हो ।

जसले बुटवललगायतका क्षेत्रमा आन्दोलन सुरु भएको भने दाङमा भने खुसीयाली छाएको छ । दाङका प्रदेशसभा सदस्य ईन्द्रजित थारुले देउखुरीमा राजधानी राख्ने प्रस्तावमा खुसी व्यक्त गरे । उनले यसलाई अवसरको रुपमा लिने भन्दै भौगिक र प्रशासनिक सुगमता हिसावले देउखुरी सबैलाई पायन पर्ने बताए ।

नेकपा रुपन्देहीका प्रदेशसभा सदस्य दघिराम शर्मा न्यौपानले आफुहरु बुटवलको पक्षमा रहेको भन्दै भोलि पार्टीको बैठकपछि मात्र थप प्रतिकृया दिने बताए । उनले प्रस्ताव ल्याउँदैमा सबै नहुने भन्दै प्रस्तावमा संशोधनका लागि पार्टीमा आफुहरुले कुरा उठाउने बताए । नेकपा प्रदेश संसदीय दलको बैठक शनिबार विहान बस्दै छ ।