असोज ११,
भक्तपुर । सरकारले हालै सार्वजनिक गरेको चिकित्सक सेवा नियमावली र एकिकृत परिक्षाको सूचनाका केही बुदाँमा नीजि अस्पतालमा कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् । आइतबार भक्तपुरको सानोठिमीस्थित चिकित्सा सेवा आयोगमा धर्ना दिदैं गैर सरकारी चिकित्सकहरुले केही बुदाँहरु पुनरावलोकन र परिमार्जन गर्न माग गरेका छन् । उनीहरुले सिट बाडँफाडको विषयलाई मुख्य विषय बनाएका हुन् । खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र म्याचिङको अस्पष्ठ व्यवस्थाले चिकित्सा शिक्षा र विभेदकारी र अन्यायपूर्ण भएको उनीहरुको भनाई छ ।
विभेदकारी बुदाँले देशका कुल चिकित्सकहरुको ९० प्रतिशत ओगटे गैरसरकरी, विभिन्न भूगोलमा अधिकतम रुपमा सेवा दिइरहेको करारका चिकित्सकहरुको वृत्ति विकाशमा आँच आउने आन्दोलनमा सहभागी भएकाहरुले बताएका छन् । करिव दुई महिना अगाडी आएको नियमावलीले २३ हजार ५ सय गैरसरकारी चिकित्सलाई विभेद गरेको आन्दोलनरत डाक्टर अच्युत खनालको आरोप छ ।
‘चिकित्सा शिक्षा आयोगले बदनियत पूर्वक विभिन्न शक्तिकेन्द्रहरुको आडमा सुधारको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका चिकित्सकहरु माथी प्रहरी लगाएर दमन गरेको छ,’ डाक्टर खनालले भने ।
शान्तिपूर्ण धर्नाबाट माग पुरा नभए कडा आन्दोलनमा उत्रिने समेत उनीहरुले चिकित्सा शिक्षा आयोग र सरकारलाई चेतावनी दिएका छन् ।