असोज ५,
काठमाडौं । झण्डै ६ महिनापछि सोमबारबाट आन्तरिक उडान सुचारु भएको छ । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विरोध गरेपछि अन्ततः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउन सहमत भएका हुन्। विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले तपाइको ताफक्रम चेक गर्नेछ । त्यसपछि तपाइ भित्र छिर्नुहुनेछ तर कसैलाई नछोइ, भौतिक दुरी कायम गर्दै । ७० वर्षभन्दा माथिका र दीर्घरोगीलाई यात्रा गर्न दिइने छैन ।