रक्षा र गृहमन्त्री आइसोलेसन

254

भदौ १२,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी०मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । त्यही कारण बैठक १८ गतेलाई सरेको छ । बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।