थप तीन अस्पतालमा कोरोना उपचार हुने

165
सांकेतिक तस्विर

भदौ १२,
काठमाडौं । सरकारका अनुसार थप तीन अस्पतालमा कोरोना उपचार हुने भएको छ । जसमा वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौँको कान्तिपुर र जनमैत्री अस्पताललाई कोभिड–१९ अस्पतालमा सूचीकृत भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो ।