भदौं ५,
भक्तपुर । भदौ १० गतेसम्म लागूहुने निषेधाज्ञा कारण भक्तपुरका मुख्य र सहायक सडक प्रायः सुनसान देखिएका छन् । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागु भएको छ ।काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानीरबिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मङ्गलबार गरेको थियो ।
सडकमा अत्यावाश्यक सवारी साधनबाहेक अन्य सवारी साधन गुडेका छैनन् ।
सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा मात्रै देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई पनि सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर होल्डिग सेन्टरमा राखे छ ।
भक्तपुरका साँगा, जगाती, कमलविनायक, च्यामासिंह, गठ्ठाघर, भत्केकोपाटीलगायतका स्थानमा होल्डिग सेन्टर सडकै डोरी बाँधेर बनाईएको देख्न सकिन्छ । भक्तपुरका भित्रने मुख्य नाकाहरुमा बाक्लो रुपमा नेपाल प्रहरी र शस्शत्र प्रहरी परिचालन गरिएको छ । मुख्य बजार सर्वसाधरणको बाक्लो उपस्थिती हुने चोकहरुमा समेत सुरक्षाकर्मीको संख्या उल्लेख रुपमा देखिन्छ ।
पूर्वी जिल्लाहरुबाट उपत्यका भित्रने मुख्य नाका साँगामा कडाई गरिएको महानगरिय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।
डीएसपी जोशीका अनुसार जिल्ला प्रशासनको निर्णय अनुसार अत्यावश्यक सेवा बाहेक बहानबाजी गरेर राजधानी भित्रन खोज्नेलाई साँगाबाट फकाइएको छ ।