बालुवाटारमा ओली र प्रचण्ड साथमा खनाल र नेम्वाङ पनि

510

साउन २०,
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ । पार्टीभित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । खनाल दाहाल पक्ष र नेम्वाङ ओली पक्षधरका रुपमा चिनिन्छन् ।