साझा र विवेकशील पार्टी एकता गर्न छलफलमा

480

साउन ७,
काठमाडौँ । साझा र विवेकशील नेपाली दलको राजनीतिक संवाद समितिले पार्टी एकताका लागि छलफललाई तीव्रता दिएको छ । साझा सङ्गठन विभाग प्रमुख केशव दाहाल नेतृत्वको संवाद समिति र विवेकशीलका महासचिव निर्देश सिलवाल नेतृत्वको संवाद समिति निरन्तर छलफलमा छ । २८ असारमा साझा पार्टीले समान सोच भएका पार्टी, समूह र व्यक्तिहरुसँग एकीकरणको प्रक्रियालाई अगाडि बढाउन तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेपछि पार्टी एकताका लागि साझा र विवेकशीलबीच साउन ३ गते बानेश्वरमा औपचारिक वार्ता भएको छ । उक्त छलफलमा साझाबाट वार्ता समितिका संयोजक दाहालसहित सदस्य समीक्षा बाँस्कोटा, किरणकृष्ण श्रेष्ठ र विवेकशीलबाट संयोजक सिलवालसहित रमेश पौडेल र रन्जु दर्शनाको पनि उपस्थित थिए ।