पृथ्वी राजमार्गको पुल बगायोः काठमाडौं आवत–जावतको विकल्प खोजिँदै

247

साउन ५,
काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरे, फुर्के खोला र महेश दोभानमा ठूला पहिरो खसेको छ । काठमाडौं जोड्ने मुख्य सड्क पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि राजधानी आवतजावत ठप्प भएको छ । साना पहिरो धेरै ठाउँमा खसेको र पुल नै बगाएले तत्काल काठमाडौं आवत जावत असम्भव भएको छ । मुग्लिङ–काठमाडौं सडक खण्डमा साना ठूला गरी २५ ठाउँमा पहिरो गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासनहरुले काठमाडौं आवत जावत सुचारु गर्न दुई वटा विकल्पमा छलफल थालेका छन् । पहिलो मौवाखोलामा बेलिब्रिज राख्ने र दोस्रो मकवानपुरतर्फको बैकल्पिक बाटो प्रयोगमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।