सौतेनी आमाको कुटपिटबाट ५ वर्षको बालकको मृत्यु

187
सांकेतिक तस्विर

साउन ३,
रौतहट । रौतहट स्थित सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । स्थानीय देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको हो । आफ्नो छोरालाई पिटेको निहुमा स्थानीय गणेश शहनिको श्रीमति २० बर्षीया फुलवादेवि शहनीले सौताको छोरा ५ बर्षीय कृष्ण शहनिलाई शुक्रबार सांझ मर्नासन हुनेगरी कुटपिट गरेको थिइन् ।

गम्भीर चोटपटक लागेका ५ बर्षिय नाबालक कृष्ण शहनी को उपचारको क्रममा आज सुकदेव चौकस्थित नेपाल तराई अस्पतालमा मृत्यु भएको सशस्त्र बेस क्याम्प देवाहिका प्रमुख ईन्स्पेक्टर बिष्णु अधिकारीले जानकारी दिए । यसैबीच कुटपिट गर्ने सौतेनी आमा फुलवादेवी शहनी लाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक नाबालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी आरोपी महिला नियन्त्रणमा रहेकोे र घटना बारे थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । रातोपाटी