काभ्रे कांग्रेसका उपसभापति थापाले किन निकाले विज्ञप्ति ? हेर्नुहोस् कारण सहित

336

असार २४,
बनेपा । नेपाली कांग्रेस काभ्रेका उपसभापति गोविन्द बहादुर थापाले धनेश्वर मार्गको विषयमा विभिन्न संचार माध्यममा आएको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बनेपा नगरपालिका वडा नं. ११ र पनौती नगरपालिका वडा नं. ५ स्थित धनेश्वर मार्गमा आ.ब. २०७६/०७७को बजेट विनियेजन गर्ने सन्दर्भमा जनगुनासो आएकाले आफुले त्यसबारेमा चासो दिएको उनको भनाई छ ।

बनेपा नपा वडा नं. ११ को वडा अध्यक्ष शिव थापालाई जनगुनासो सम्बन्धमा सोधनी हुँदा गैरजिम्मेवार तरिकाले असभ्य र अभद्र शैलीबाट प्रस्तुत भएको उनले बताए । २०७७ सालअसार १० गते धनेश्वर मार्गमाबाँकी बाटो ढलान गर्न रु. १० लाखविनियोजन गरिएकोमा प्राविधिकस्टिमेट अनुसार गर्नुपर्नेमा नभएको भन्ने व्यापक स्थानीय जनगुनासो आएकोमा बताउँदा म माथी हातपातगर्ने प्रयास भयो, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उपसभापतिले जारि गरेको विज्ञप्ति यस्तो छः

प.जि. बनेपा न.पा. वडा नं. ११ र पनौती न.पा. वडा नं. ५ स्थित धनेश्वर मार्गमाआ.ब. २०७६/०७७को बजेट विनियेजन गर्ने सन्दर्भमा यहिमिति २०७७ सालअसार १० गते धनेश्वर मार्गमाबाँकी बाटो ढलान गर्न रु. १० लाख विनियोजन गरिएकोमा प्राविधिक स्टिमेट अनुसार गर्नुपर्नेमा नभएको भन्ने व्यापक स्थानीय जनगुनासो आएकोमा मैले बनेपा न.पा. वडा नं. ११ को वडा अध्यक्ष शिव थापालाई जनगुनासो सम्बन्धमा सोधनी हुँदा गैरजिम्मेवार तरिकाले असभ्य र अभद्र शैलीबाट प्रस्तुत भै म माथी हातपातगर्ने हरकत गर्ने प्रयास गरेको र बाटो ढलान गर्न चाहिने प्राविधिक एव.गुणस्तर र परिमाण अनुसार काम नभई गुणस्तरहिन सामाग्रीप्रयोग भएको, बाटोको साविक मापदण्ड भन्दा विपरित बाटोमा ढलान गरी अनियमितता र भ्रष्ट्राचार गरेको तथा बनेपा ११ को वडा अध्यक्षले अन्य स्थानको फ्रिज बजेट मध्ये तिनलाख रुपैयाँ भु–माफियाको चलखेलमा प्लटिङबाट नाली बनाइने निहुमा साविक पानी बग्ने कुलेसोको बहावलाई परिवर्तन गरी नियमविपरित नालीबनाई मापदण्ड विपरित कार्य गरी भ्रष्टाचार गरेको हुँदा म नेपाली काँग्रेस जिल्ला उपसभापतीको हैसियतले, त्यस्ता जनविरोधी गतिविधि, भ्रष्टाचार, आमचकारी र अनियमिततालाई रोक्न अनुरोध गर्दा असार १० गते विहान ७ः३० बजेको समयमा त्यस्ता भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्दा उल्टै वडा नं. ११ को वडा अध्यक्षको निर्देशनमा नियमविपरित पनौति न.पा. वडा नं. ५ को स्थानिय कुमार थापालाई बनेपा न.पा. वडा नं. ११ को उपभोक्ता समितिको अध्यक्षबनाई भू–माफियाको मिलेमतोमा काम गरेको र नियमविपरित कार्य गरी भ्रष्टाचारको विरोध गर्दा उक्तउपभोक्ता समितिको अध्यक्षकुमार थापाको छोरा निरज थापाभन्ने व्यक्तिले म माथी एक्कासी आक्रमण गरी घुडामा गहिरो चोट हुनेगरी घाइते बनाई म माथी साङ्घातीक हमलाहुँदा उल्टै म माथि राजनितिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा लगई फसाउने नियतले मलाई मुद्दा हाल्ने,निरन्तर दुःखदिने काम गरेको त्यस्तै मेरो राजनितिक, व्यक्तिगत चरित्र हत्यागर्ने गरी कपोलकल्पीत तर्कहिन र विवेकहिन तवरले भ्रष्टाचार र अनियमितताको विषयमा बोल्न पनि नपाउने गरी आवाज बन्दगर्ने हेतुले गम्भीर षड्यन्त्र गरेकोले म माथि लगाइएको गम्भीर लान्छनाको घोर भत्र्सना र खण्डन गर्दछु ।

तपसिलका विषयमाथी उठेको गम्भीर विषयप्रति मेरो ध्यानाकर्षण भएको छ:
१) धनेश्वर विकास कोषमा भएको अनियमितता भयो भन्ने सन्दर्भमा ।
२) सप्ताहको रकम हिनामिना गरेको भन्ने सन्दर्भमा ।
३) विभिन्न व्यक्तिहरु माथि हमला ग¥यो भन्ने सन्दर्भमा ।
४) सार्वजनिक जग्गाको सन्दर्भमा :
१) सप्ताहको सन्दर्भमा म कुनै पनि समिति उपसमितीमा संलग्न र सहभागी नभएको ।
२) धनेश्वर गुठीको जग्गा नमिचेको यदि मिचेको प्रमाणित भएमा मिचेको जग्गामा बनेको घर पर्ने भएमा समेत घर भत्काउन तयार हुनेछु । त्यसैगरी त्यस धनेश्वर गुठी र सार्वजनिक जग्गाको एकिन लगत राखी नापजाँच गरी संरक्षणगर्न प्रम्ख जिल्ला अधिकारी ज्यू समक्ष अनुरोध गर्दछु । साथै सम्पुर्ण पत्रकारलाई छानविनमा सहयोग गर्न अनुरोध गर्दछु ।
३) विभिन्न व्यक्ति माथि हमला ग¥यो भन्ने सन्दर्भमा मैले कुनै पनि व्यक्ति माथी कुनै आग्रहपूर्वाग्रह राखी दुव्र्यवहार नगरेको एवम् सबै घटना राजनितिक प्रेरित रहेको ।
४) रकम हिनामिनाको सन्दर्भमा हालसम्म धनेश्वर क्षेत्र विकास कोषमा कुनै पनि सरकारी बजेट प्राप्तन भएको, कुनै पनि संघसंस्थाले आर्थिक सहयोग नगरेको सर्वविदितै छ । भक्तजनहरुले दिइएको भेटीले मात्र धनेश्वरमा प्रवेश द्वार बन्दै गरेको छ र बाँकी काम छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
म माथी लगाइएका निराधार आरोपको कडा रुपमा खण्डन गर्दै म माथिल गाइएको आरोप निराधार, कपोलकल्पीत र राजनितिक एवम् व्यक्तिगत चरित्र हत्यागर्ने नियतले लगाइएको आरोप हो । ती आरोपमा कुनै पनि सत्यता छैन, कानुनी लडाई लड्न र चरित्र हत्या गर्न विरुद्ध कडा रुपमा प्रतिकार गरी छानविनको दायरामा ल्याई तथ्यगत रुपमा कानुनी उपचार खोजिने छ भन्ने आम आमावुवा, दाजुभाई, दिदीबहिनी, पेशागत कर्मचारी एवं सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक रुपमा अनुरोध गर्दछु । मेरो राजनितिक समाजिक जिवनलाई निरन्तर रुपमा आगामी दिनमा झन सक्रिय रुपमा लागेर जनताको सुख दुःखमा हरपल यहाँहरुको साथ साथै रहने छु भन्ने प्रतिज्ञा गर्दछु । साथै सत्य तथ्य घटनाको छानविनमा मेरो पुर्ण सहयोग रहने छ ।