असार १९,
काठमाडौं । टोले गुण्डाहरूसँग भएको मुठभेडमा सर्कल अफिसर (सीओ)सहित ८ जना प्रहरी मारिएका छन् । भारत उत्तर प्रदेशको कानपुरमा गुण्डाहरूलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा ८ प्रहरी मारिएका एडीजी जय नारायण सिंहलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आक्रमणमा परी अन्य ४ प्रहरी घाइते भएका छन् । घटना कानपुरस्थित चौबेपुर थाना क्षेत्रको बिकरु गाउँको हो । विकास दुबे नाम गरेका गुण्डा नाइकेलाई पक्राउ गर्न प्रहरी टोली उक्त गाउँमा गएको थियो । यसै क्रममा गुण्डा नाइके विकास र उनका साथीहरूले प्रहरीमाथि गोली चलाएका थिए ।
मृत्यु हुनेमा सीओ बिल्हौर देवेन्द्र मिश्रा र एसओ शिवराजपुर महेश यादव पनि छन् । पछि प्रहरीको अर्को टोलीले दुबेलाई घरैबाट नियन्त्रणमा लिएको छ । एजेन्सी