महेश बस्नेतको विकाश अभियानः भक्तपुरको १ नम्बर निर्वाचन क्षेत्रमा पनि देखिन थाल्यो

934

नयाँ नेपाल न्यूज
जेठ ३,
भक्तपुर । नेकपाका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा नभएर सिंगो भक्तपुरको विकाशमा लागि परेका छन् । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदमा निर्वाचिन बस्नेत नेकपाका एक युवा नेता हुन् । विरोधीहरुले अनेक आरोप र लान्छना लगाएपनि बस्नेतको सुन्दर भक्तपुर बनाउने योजना जारी छ । भक्तपुरका हरेक कुना र गाँउबस्तीमा सडक, खानेपानी, विद्यालयल, पुललगायतका पूर्वाधार बनाउने सांसद बस्नेतको अभियान छ । नेकपाको राजनीतिमा अध्यक्ष केपि ओलीका विश्वास पात्रको रुपमा रहेका बस्नेतले चुनाव जित्दामात्र होइन २०७० सालको संविधान सभाको निर्वाचनमा हार भएपनि उनले जनताको काम गर्न छोडेनन् ।

त्यसको परिणाम स्वरुप २०७४ सालको संघीय संसदको निर्वांचना अत्यधिका मत ल्याएर बस्नेतले चुनाव जिते । २ नम्बर निर्वाचनको विकाशसंगै पछिल्ला दिनहरुमा उनी भक्तपुरको १ नम्बर निर्वाचन क्षेत्रको विकाशमा खटिएका छन् । १ नम्बर निर्वाचन क्षेत्रकम संघीय सांसद भने नेमकिपाका प्रेम हुन छन् । तर, बागेश्वरीमा रंगशाला बनाउने अभिगानका साथ नेकपाका सांसद बस्ने १ नम्बर क्षेत्रमा सक्रिय छन् । बुधबारमात्र चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालमा सडक विस्तार र ढल राख्ने कार्यको शिल्यान्यास गर्न सांसद बस्नेत पुगेका थिए ।

सांसद बस्नेतको पहलमा सडक विभागबाट विनियोजन भएको रु. ७५ लाखको लागतमा ढुङ्गाको बालको सट्टा (पल्व कङ्क्रीट) को माध्यमबाट जितपुरको मिनि मार्केट चोक देखि दक्षिणकाली हुदै ठुलढुङ्गा जाने सडक ६ मिटर चौडा हुनेछ । त्यसैगरि करिव रु. २ करोड लागतमा मुलसागु पुलदेखि करिब ४ सय ५० मिटर ढल राख्ने कार्यको समेत थालनी भएको छ ।