Wednesday, September 23, 2026
Home राजनीति विप्लवलाई प्रधानन्त्रीको सुझाव : हतियार बोकेर लुरुलुरु आए हुन्छ

विप्लवलाई प्रधानन्त्रीको सुझाव : हतियार बोकेर लुरुलुरु आए हुन्छ

140

चैत १०,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई तुरुन्त हतियार बुझाउन चेतावनी दिएका छन्। चालू अधिवेशन सकिनुअघि आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियार नबुझएर समस्या उत्पन्न हुने समेत चेतावनी दिएका हुन्।

‘हतियार बुझाउन समय दिइएको छ, यो समयभित्र हतियार बोकेर लुरुलुरु आए हुन्छ, हतियार बुझाए हुन्छ। यदि समय नबुझाए कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ। सरकारले भने अनुरुप हतियार बुझाएर संविधान र कानून अनुरुप छुट हुन्छु प्रधानमन्त्री ओलीले भने,’विकास निर्माणतर्फ अगाडि बढ्यौं अब विकास निर्माणमा बाधा पुर्‍याउने काम सह्य हुँदैन।’