करेन्ट लागेर १ जनाको मृत्यु

521

जेठ २६,
बुटवल । कपिलबस्तुुमा फ्यानको ज्याक जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तु महाराजगंज नपा-९ शिवभारी बस्ने वर्ष ३० कि आसिमा खातुनको आफु सुत्ने कोठामा टेबुल फ्यानको ज्याक विद्युतिय होल्डरमा जोड्ने क्रममा केरन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईप्रका कृष्णनगरले करेन्ट लागेर घटनास्थल मै मृत्यु भएको जनाएको छ । यता नवलपरासी जिल्लाको प्रतापपुर गा।पा।–१ सिसहनिया स्थित भित्री कच्ची सडक खण्डको साईडमा स्थानीय प्रेम हरिजन मृत अवस्थामा फेला परेका छन् । ६० वर्षीय मृत्तक हरिजनको थप अनुसन्धान भइरहेको ईप्रका। बर्दघाटले जनाएको छ ।