२४ घण्टा बित्यो तर, कोरोना संक्रमितले उपचार पाएनन्

405
सांकेतिक तस्विर

जेठ २४,
भोजपुर । कोरोना संक्रकण पुष्टि भएको २४ घण्टा बितिसक्दा पनि एम्बुलेन्सको अभावमा भोजपुरका ५ संक्रमितलाई अस्पताल लैजान समस्या भएको छ । जिल्ला भित्र ५ वटा एम्बुलेन्स रहेपनि दुई वटा बिग्रेर थन्किएका छन् भने अन्य तीनवटा बिरामी लिएर धरान, विराटनगर झरेकाले समस्या भएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । उनले भने, ‘बिरामीलाई जो कोही गाडीले बोक्न नमानेपछि हामीले एम्बुलेन्स खोजी गरिरहेका छौं । धरानबाट एम्बुलेन्स भोजपुर आएकाले त्यही एम्बुलेन्समा धरान लाने वा अरु खोजी गरेर हुन्छ, जति सक्दो चाडै अस्पताल पठाउने तयारी गरेका गर्दैछौं ।’

भोजपुरमै भएका एम्बुलेन्सलाई मर्मत सम्भार गर्ने नहुँदा समस्या भएको छ । अहिले संक्रमित ५ जनालाई अरुण गाउँपालिकाको जरायोटारमा रहेको होल्डिङ एरियामा नै राखिएको छ । उनीहरुलाई शुक्रबार कोरोना संक्रमित भएको पुष्टि भएको थियो । संक्रमित ५ जना षडानन्द नगरपालिकाका रहेका छन् । भारतमा रोजगारी गर्ने उनीहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाका हुँदै सिधै होल्डिङ एरिया जरायोटार ल्याइएको थियो । -रातोपाटीबाट