विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सम्वन्धमा वैठक सम्पन्न

404

जेठ २३,
काठमाडौं । सरकारद्रारा पेश गरिएको नीति , कार्यक्रम, वजेट र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सवालका विषयमा भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकलाई राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल नेपाल (डिमान) र प्रकोप पुर्व तयारी संजाल नेपाल (डिपीनेट)ले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

बैठकमा पूर्वमन्त्री डा. गंगालाल तुलाधरले विपद् व्यवस्थापनका लागि सरकारले छुट्याएको बजेट गत वर्ष भन्दा न्यून विनियोजन हुनुबाट विपद् पुर्व तयारी र जोखिम न्यूनीकरण ज़स्तो मानविय सम्वेदनशिलको विषयमा सरकारको प्राथमिकता नभयको पाउँदा आफुलाई दुख लागेको बताए ।

डिमान तथा डिपिनेटका अध्यक्ष सूर्यबहादुर थापाले सरकारको नीति तथा कार्यक्रम र वजेटमा कोभिड-१९ र समग्र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको कामलाइ संगसंगैअगाडी वढाउने गरी वजेट र कार्यक्रम आउन नसकेको बताए । उनले विपद् जोखिम न्यूनीकरणको कामलाइ विकासका हरेक गतिविधिहरूमा मुलप्रवाहीकरण गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख श्रोत व्यक्तिहरु पुर्व शिक्षा मन्त्री तथा विपद् व्यवस्थापन विज्ञ पूर्व मन्त्री डा. तुलाधर र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल रहेका थिए । उक्त कार्यक्रममा गैसस महासंघ, विभिन्न नेटवर्कहरू, मानव अधिकार एलाएन्स, अनुसंधानकर्ता, विपद् व्यवस्थापन विज्ञ ,विभिन्नका संजालका सदस्यहरू, प्राध्यापकहरू गरी ५४ जनाको सहभागिता रहेको थियो ।