भक्तपुरमा बालिका बलात्कारको प्रयास

398

जेठ २१,
भक्तपुर । आफन्त काममा गएको मौका पारेर बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकालाई काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नगरपालिका– २ ब्यासी बस्ने ३१ वर्षको मोहन तामाङले बुधबार जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।
पीडित बालिका ब्यासीमा फुपु र फुपाजुसंग कोठामा बस्दै आएकी महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिएका छन् ।
फुजु र फुपाजु गलैचा कारखानामा काममा गएको मौका पारी तामाङले ती बालिकाको मुख थुनी जबरजस्ती करणी गर्न लाग्दा बालिकाको फुपाजु पुगेका कोठामा पुगेका थिए ।
घटनापछि फरार तामाङलाई खोजतलास गरी तत्कालै नियन्त्रणमा लिई भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरि अनुमति लिई अनुसन्धान भईरहेको सूचना अधिकारी प्रनाउ गिरीले जानकारी दिएका छन् ।