‘क्षमताभन्दा ठूलो बजेट ल्यायो, कार्यान्वयन हुँदैन ‘

190

जेठ १६,
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको १४ खर्ब रुपैयाँको बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी बजेटको बचाउमा उत्रिएको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसले कार्यान्वयन हुन नसक्ने प्रचारमुखी भन्दै आलोचना गरिरहेको छ। लामो समय सत्तामा रहेर अर्थमन्त्रालयको बागडोर सम्हालिसकेका डा। रामशरण महतले डा. युवराज खतिवडाले ल्याएको यस पटकको बजेटलाई प्रचारमुखीको संज्ञा दिएका छन्।

नेपाली कांग्रेसका नेतासमेत रहेका महतले सरकारले प्रचारात्मक शैलीको बजेट ल्याएको आरोप लगाएका हुन्। नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले गरेको कार्यक्रममा शुक्रबार बोल्दै उनले बजेट इच्छा, आकाङ्क्षाले परिपूर्ण रहेको उल्लेख गरे। कृषि, रोजगारी क्षेत्रमा केही विषय समावेश गरिएको भए पनि सरकारको कार्यान्वयनको क्षमता नभएकाले आगामी आर्थिक वर्षको बजेटसमेत कार्यान्वयन हुने अवस्था नभएको महतले बताएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, बैंकिङ क्षेत्रमा भएको प्रगति गएको दुई दशकबढीको उपलब्धि भएको स्पष्ट पार्दै उनले बजेट कार्यान्वयन हुन सक्नेभन्दा ठूलो रहेको उल्लेख गरे। कार्यान्वयन हुन सक्नेभन्दा ठूलो बजेट बनाइएको आरोप लगाउँदै उनले आफूहरुले झण्डै १४ खर्ब जतिको बजेट वस्तुपरक हुने सुझाव यसअघि दिएको स्मरण गरे।