पुर्खालाई सम्झदा रगत उम्लेर आउँछ, शासकहरु देखेर घृणा लागेर

351

-राजकुमार ढकाल
हामीलाई एउटा सार्भभौम,स्वतन्त्र र स्वाधिन मुलुकको नागरिक भन्दा गर्व लाग्छ । इतिहासप्रती नमन अनि साधुबाद भन्दै वीर योद्धाप्रती शिर झुकाएर फेरि पनि स्यालुट गर्न मन लाग्छ । यसरी आफ्ना केही पुर्खालार्इ देखेर रगत उम्लेर आउदा केही शासकहरु देखेर भने घृणा र दया पलाएर आउँछ। यहाँ उठान गर्न खोजिएको कुरा के हो भने देशको सिमाना मिचिदा हामी निरही बनेर आफ्नै भुमिलाइ हाम्रो हो भनेर चीत्कार गर्नु परेको परिबेश छ। हुन त हरेक नागरिकलाइ देशको माया लाग्छ । देशको माटोलाइ प्रेम गर्नु असल नागरिकको गुण पनि हो। देशलाइ आघात माया गर्ने ठूलो जमात हुदा हुँदै केही तप्का भने गद्दार बनेर आफ्नै भुमी बेचेर सत्ताको निम्ति सौदाबाजी गरेको ईतिहास हाम्रो सामु छर्लङ्ग छ ।

अहिले देखिएको सिमा बिवाद आजको समस्या होइन विगतका शासकहरुको कमजोरी र हेलचेक्राइको उपज हो । यता देश चलाउने कर्ता खराब हुनुको बिडम्बना त छदै छ, उ ता बिस्तारबादी नीति बोकेको छिमेकी परेपछी कसको के लाग्छ ? छिमेकी खराब हो भन्ने कुरा हामी संगको बिवादले मात्र होइन अन्य छिमेकी संगको लफडा निरन्तर गर्नुले पनि प्रस्ट भन्न सकिन्छ । भुटान ,बंगलादेश ,पाकिस्तान, चीनलगाएतका देशसग पनि बेला बेलामा गर्ने किचलोले छिमेकि देश भारत सोर्है आना गलत हो भन्न हिच्किचाउनु पर्दैन । सिमाना मिच्ने अंग्रेज मानसिकता अहिले पनि उ संग जिबित छ । छिमेकी भारत काम नलाग्ने कबाडी पाराको छ भने हामीले भोग्ने नियती सधै यस्तै नै हो । उसको नीतिका कारण यस्ता समस्या आइरहन्छ्न् । हाम्रो सीमा बिवादको वास्तविक चुरो निहाल्दा शाशकहरुको सत्ता टिकाउन गरेको गुलामी प्रवृत्ति बढी जिम्मेवार देखिन्छ । जसको कारण माटोको रक्षाको खातिर यो पुस्ता चिच्यार कराउनु परेको छ । नेपाल आमाको मानमर्दन हुँदा टोलाउन बाध्य हुनु परेको छ । हुन त हाम्रो यो पुस्तालार्इ राजनितिक लडार्इ र बादमै रुमलिदै ठिक्क भयो । सिद्धान्त र पार्टीकोलागि ज्यानको बलिदान दिन तयार भयौ तर कहिल्यै देशको माटोकोलागि सोच्न सकेनौं ।

चेतना र परिवेशले थिचिएर बोल्न सकेनौं होला । राजनितिक मुद्दाले बेरेर घाटी थिचिराख्यो होला, शासन कर्ताले मुद्दा दबाएर दुनो सोझाए होला यो पुस्ता जाग्न सकेन । जे होस हिजोको त्यो कमजोरी अबको यो पुस्ताले गर्नु हुन्न देशको माटो हराउदा मुटु चस्कनु पर्छ, छाती पोल्नु पर्छ डटेर सामाना गर्ने अब साहस गर्नु पर्छ । सिमाना मिच्दा लडिरहेने निहत्था सोझा जनतालाई हामिले भुल्नु भने किन्तु हुन्न सिमान निबादकै कारण सयौंले रगत बगाएका छ्न।खासमा सिमा बिबाद नबुझी हामी बहकिनु मनोगत हुन्छ । तथ्यको जगमा टेकेर बिस्तारबादिको गिदि मथल्ने अश्र प्रयोग गर्ने चेस्टा चाहिँ अबस्य गर्नु पर्छ । न्याय र बिबेकपुर्ण तबरले कुटनैतिक लडाइ जारी राख्नु पर्छ ।

सुगौली सन्धीको धारा छ बोल्छ आँखा खोलेर हेर भन्न सक्नु पर्छ। कुटि, नाभि र गुन्जिका जनताको दशी प्रमाण बोल्छ बोकेर आउन चुनौती दिनु पर्छ। कालि नदिबाट बग्ने त्यो पानीको सुसाइ हेर तिम्रो हो कि हाम्रो हो ब्यथा आफै बोल्छ भनी अडिग रहने हिम्मत गर्नु पर्छ । अंग्रेज सर्भेर अफ इन्डिया अनि कुमाउ र गढावाल सर्भेक्षण हेर त्यो तिमिले गरेका हौ कि हामिले हो न्यायलयमा उभ्याउनु पर्छ । लिपुलेकको युद्दको कथा बास्तविकता नियाल भन्नू पर्छ। अनि कालापानी माछी मार्ने हाम्रो धोको फेरि पनि बोल्छ भनेर आँखा जुदाउनु आट गर्नु पर्छ । हाम्रा सबुत प्रमाण यिनै हुन । अंग्रेज लाइबेरी र अमेरिकन लाइबेरी अफ कग्रेश रहेका प्रमाणका ठेली हुन ।त्यसैका आधारमा हामीले मिचिएको भुमी हाम्रो हो भनेर दाबी गर्नु पर्छ कोसिस जारी निरन्तर राख्नु पर्छ । जीत अवश्य हाम्रो हुनेछ । कि वार कि पार अब चुप लागेर बस्नु हुन्न । सबै बिकल्प खुल्ला राख्नु पर्छ आवस्यक पर्दा प्रयोग गर्नु पर्छ।
भर्खर सरकारले नीति तथा कार्यक्रम अनि मन्त्रीमण्डलबाट देशको मिचिएको भुमी समेटेर नक्सा सार्बजनिक गर्ने निर्णय गरेको छ । देशका प्रधानमन्त्रीले सिधै संसदबाट हुंकार दिदै लिपुलेक, कालपानी अनि लिम्पियाधुरा फिर्ता ल्याउने प्रण गरेका छ्न् । अहिलेको पुस्ताले यति आटिलो अभिभाबक पाउनु देशको लागि सौभाग्य हो । बिगतको शासकले गरेको गल्तिलार्इ कुल्चेर देशको निम्ति प्रष्ट अडान राख्ने प्रधानमन्त्री हुँदा हामी पक्ष बिपक्षमा लाग्ने होइन स्थिर र बलियो सरकारलाइ साथ दिने हो । खुट्टा नकमाउन खबरदारी गर्ने हो । यो निजि मामिला होइन देशको माटोको मुद्दा हो । भुमी फिर्ता ल्याउनु हामी सबैको अहिलेको मुख्य जिम्मेवारी हो । बाकी तपशिलका कुरा माटो आफ्नो भएपछी गर्दै गरौला। त्यसका लागि कुटनैतिक तबरले हाम्रो लडाइँ जारी राख्नु तत्कालिन समयमा बान्छ्निय देखिन्छ ।
                    धन्यवाद , हाम्रो नेपाल, राम्रो नेपाल, विशाल नेपाल ।
-काभ्रे हालः भक्तपुर