जेठ २,
काठमाडौं । काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोना भाइरसको आशंका गरिएको छ। शुक्रबार आरडिटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीले थाहाखबरलाई जानकारी दिइन्। परीक्षण गरिएको १५ महिला र १६ पुरुषमा आरडिटी परीक्षणमा पोजिटिभ देखिएको खडगीले बताइन्। कोरोनाका शंकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको उनले बताइन्। ुमहानगरको चारवटा कोठामा राखिएको छ,ु उनले भनिन्। उनका अनुसार आज ६६४ जनामा आरडिटी टेस्ट र २६८ जनामा पिसिआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो।