बैशाख ११,
काठमाडौं– कोभिड–१९ का कारण नेपालमा फसेका आफ्ना नागरिक उद्धार गर्न श्रीलङ्काले शुक्रबार चार्टर फ्लाइट गर्न लागेको छ । श्रीलङ्का सरकारको पहलमा नेपालमा अध्ययन गरिरहेका केही विद्यार्थीसहित ९३ जना नागरिक लिन शुक्रबार श्रीलङ्कन एअरलाइन्सको विमान काठमाडौं आउन लागेको हो । स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे कोलोम्बोबाट उडान भर्ने एअरबस ३२० विमान मध्यान्ह १२ बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने छ ।
उक्त विमान अपरान्ह १ बजेर ५ मिनेटमा काठमाडौंबाट उडान भरी श्रीलङ्काको कोलोम्बो पुग्नेछ ।
कोभिड–१९ का कारण नेपालमा फसेका आफ्ना नागरिक लैजान यसअघि विभिन्न देशले चार्टर फ्लाइट गरिसकेका छन् ।