लोकतन्त्र कमजोर हुन नदिने प्रण गरौंः सभापति देउवा

140

बैशाख ११,
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिन पुनः आग्रह गरेका छन् । विहीबार सभापति देउवाले लोकतन्त्र दिवसको अवसरमा जारी विज्ञप्ति भनिएको छ, ‘वर्तमान नेकपाको सरकारले देश कोरोनाको कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश ल्याएर वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गर्दै नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको छ ।’ लोकतन्त्र माथिको भएको घृणित कार्यको सबैले भत्र्सना गर्नुपर्ने भन्दै उक्त अध्यादेशहरु तत्काल फिर्ता लिन देउवाले पुनः आग्रह गरे ।