फरार प्रतिवादी पक्राउ

207

बैशाख ३,
सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जवरजस्ती करणी मुद्धाका फरार एक जना प्रतिवादी पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणी मुद्धामा २०७६ साल असार १३ गतेदेखि फरार रहेका प्रतिवादी बाबु तामाङ भन्ने मेघ बहादुर तामाङलाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ गरि सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालत दाखिला गरिएकोमा पुर्पक्षको लागि कारागार चलान भएको प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । फरार रहेका प्रतिवादीहरु लकडाउनको बखत आफ्नो गाँउघरमा फर्की लुकीछिपी बस्न सक्न हुनाले तिब्र रुपमा सूचना संकलन गरि पक्राउ गर्ने कार्यलाई कडाईका साथ तिब्रता दिईएको प्रहरीले जानकारी दिएको छ ।