भक्तपुर रेडक्रसको आवहान ‘रक्तदान गरौं’

360

चैत १७,
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा भक्तपुरले रक्तदानको लागि आग्रह गरेको छ ।
‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारा चलाइरहेको भक्तपुरले अहिले रगतको व्यवस्थापनमा असहजता भएपछि स्वयंसेवी रक्तदाताको सहयोगमा रगत संकलन गरिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि भएकोे लकडाउनका समयमा पनि एकसय जनाभन्दा बढी रगतलिन भक्तपुर रक्तसञ्चार केन्द्र आएका शाखाका सभापति मनोजकुमार थापाले बताए ।

जिल्ला शाखाले रक्तदान कार्यक्रममा हिडने प्राविधिक र एम्बुलेन्स चालकलाई पिपिई सेट, माक्स र पञ्जाउपलब्ध गराएको र, रक्तदाताहरुलाई तोकिएको दुरीमा राखेर एक पटकमा तीन जनासम्मको मात्रै रगत लिने गरेको शाखाले जनाएको छ । शाखाले रक्तदानमा खटिने प्राविधिक र रेडक्रस स्वयंसेवकमार्फत तत्कालै विदेशबाट फर्किएका व्यक्तिहरु भेट भएमा स्वास्थ्य संस्थाको सम्पर्कमा जानवा सुरक्षित बस्नका लागि समेत आग्रह गरेको छ ।

त्यसैबीच रेडक्रस सुडाल उपशाखाले तीन दिन लगातार र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लक डाउनका समयमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रमको आयोजना गरीएको सभापति विदुर नेपालले बताए ।