चैत १७,
भक्तपुर । सरकारले कोरोना संक्रमणलाई रोक्न डक डाउनको अवधि थपेको छ । पहिलो लक डाउनको भोली १८ गते बिहानबाट सकिने भएपनि पूनः ८ दिन थपेपछि प्रशासनमा सवारी पास लिनेको भिड् बढेको हो । तर, पास लिनेको संख्या उल्लेख भएपनि अर्को सूचना नआएसम्मलाई पास दिन बन्द गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन् ।
केन्द्रबाट नै भोली अर्को पास आउने र अत्याआवश्यकलाई मात्र दिईने र संचारकर्मीलाई समेत सूचना विभागको परिचयपत्रको आधकारमा मात्र सवारी पास दिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएकी छिन् । सोमबार जिल्ला प्रशसान कार्यालय सवारी पास लिन चाहानेहरुको निकै भिड भएपछि प्रहरीले पटक पटक त्यहाँबाट जानुस भन्दै पठाएका थिए ।