‘नमस्कार’, तपाई किन घर बाहिर ? हात धुनु भयो ?

448

चैत १०,
काठमाडौं । चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । सङ्क्रमण नेपालमा भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारदेखि भारत र चीनसँगको सबै नाका बन्द गराएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सीमा नाका बन्द गराइएको हो । बैठकको निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि भारत र चीनको कुनैपनि नाकाबाट यात्रु आवागमन गर्न पाइने छैन । यो क्रम एक सातासम्म जारी रहनेछ ।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ। कोरोना सङ्क्रमणबाट ३ लाख २३ हजार ६ सय५९ पीडित छन् । १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ । १ सय ६० भन्दा धेरै देशमा यो भाइरसको संक्रमण फैलिएको छ ।

तपाई किन घर बाहिर ?
तपाई हामी घरमा नै बस्दा संक्रमणको जोखिम कम हुने भएकाले अनावश्यक काममा बाहिर नजान सरकारले भनेपनि हामीले यो कुराको पालना गरेका छैनौं । त्यसैले बाहिर जानु पर्ने आवश्यकता नभएमा घरमा बसौं । चिया पसल र सडकमा निस्कनु भन्दा घरमा करेसाबारीमा काम गरौं । घरको सरसफाई गरौं । बच्चाहरुसंग खेलौं । टेलिभजन, इरन्टरनेट, रेडियोबाट सूचना प्राप्त गरौं । हल्लाको पछि नलागौं नेपाल सरकारको आधिकारीक निकायबाट आएको सूचनाको मात्र विश्वास गरौै ।

साबुन पानीले हात धुनु भयो ?
हाल विश्वभर सन्त्रास फैलाएको कोरोनाभाइरस–कोभिड १९ संक्रमण हुनबाट जोगिन विश्वभर नाक मुखमास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको छ ।
उक्त अभियानलाई सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वको अभिभारा विभिन्न संघ संस्था र कम्पनीहरुले बहन गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउने उद्देश्यले सार्वजनिक स्थानमा हात धुने व्यवस्था धेरै स्थानमा मिलाइएको छ । भएमा डिटोल पानीले हात धोऔं, नभए साबुनपानी मिची मिची २० सेकेण्ड हात धोऔं । स्वच्छ, स्वास्थ्यकर खाना खाऔं । आत्मविश्वास बलियो बनाउ नेपालमा आज यो आलेख तयार बनाउदासम्म कोही कसैलाई कोरोना संक्रमण देखिएको छैन् । हामी सुरक्षित भएर घरमा बसौं ।