चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित

319

चैत ५,
काठमाडौं । सरकारले विश्‍वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिएका हुन् । उनले सीटीईभीटीको पनि परीक्षा स्थगित गरिएको उनले बताए । एउटा परिक्षाका लागि जोखिम नमोलौ भनेर सबै परीक्षा स्थगित गर्ने निर्णयमा पुगेको मन्त्री पोखरेलको भनाइ छ ।

उनले भने, ‘यो निर्णयले परीक्षाको तयारी गरेर बसेका विद्यार्थी र अभिभावकलाई केही अप्ठ्यारो परेको छ । तर यो विपतको बेलामा कुनै पनि बेला यस्तो निर्णय हुनसक्छ भनेर भन्दै आएका थियौँ ।’ तर उनले विद्यार्थीले पढाइ जारी राख्न आग्रह गरे ।

सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरिसकेको छ । यसअघि बुधबारै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालय, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।