नेमकिपाको नाम लिएर ‘भक्तपुरमा चन्दा आंतक’

250
Bhaktapur District Map

चैत ५,
भक्तपुर । प्रहरीले नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को नाममा चन्दा आंतक फैलाउने एक जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–५ मा चन्दा असुली गरिरहेकै अवस्थामा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हेपाली बस्ने बर्ष ५० को गोपाल बहादुर पुर्कोटीलाई मंगलबार पक्राउ गरेको हो । उनले नेमकिपाको नाममा लेटर प्याड तयार गरी विद्यालय, बित्तिय सहकारी संस्था, स्वास्थ्य संस्था समेतमा जवरजस्ती चन्दा असुली गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक गिरीले जानकारी दिएका छन् ।

पुर्कोटीको साथबाट प्रहरीले नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति लेखिएको काटिएको र नकाटिएको रसिद, प्रभु बैंकको नगद जम्मा भौचर, नेपाल मजदुर किसान पार्टीको लेटरप्याडमा अपील साथै सहयोग सम्बन्धमा लेखिएको पत्र बरामद गरेको हो ।

त्यसैगरि बिभिन्न संघ संस्था, क्लब र पार्टीको सहयोग रसिद प्याड, आर्थिक सहयोग सम्बन्धमा लेखिएका पत्र, एभरेष्टि आँखा केन्द्रको पर्चा र नेपाल मजदुर किसान पार्टीको पर्चामा कृष्णध्वज के.सी. संयोजक लेखिएको पत्र बरामद गरेको डीएसपी गिरीले बताए । भक्तपुर जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई चन्दा ऐन अन्तर्गत अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।