कोरोना क्वारेन्टाइन खरिपाटी कस्तो छ भित्र ? तस्विरमा हेर्नुहोस्

386

फागुन २,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ । १८५ नेपालीले स्वदेश फर्कन त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । मन्त्री परिषदले निर्णय गरेपछि विषेश विमान चीनको बुहान जाने छ ।

उनीहरुलाई ५ वटा बसमा राखेर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा ल्याइने छ । खरिपाटीमा सर्वसाधरणलाई राखिने र चाँगुनारायण नगरपालिका वडा नम्बर ६, पिपलबोटमा रहेको खानेपानीको तालिम केन्द्रमा उनीहरुलाई लिन जाने विमान चालक दलका सदस्य, कर्मचारीहरुलाई राखिने डाक्टर बरालले जानकारी दिएका छन् । ४ वटा भवनमा प्रत्येक कोठामा ३ जनालाई राखिने गरि व्यवस्थानपन गरिएको छ । उक्त क्वारेन्टाइनमा डाकटर, नर्स, औषधीकर्मी र चालक १/१ जना २४ घण्टा तैनाथ हुनेछन् । सुरक्षाका लागि भवनभन्दा बाहिर गेटमा नेपाली सेना, शस्शत्र प्रहरी र नेपाल प्रहरी रहने छन् ।

चीनबाट ल्याइने नेपालीलाई १४ दिन राख्न बनाईएको खरिपाटी र पिपलबोट (नगरकोट) क्वारेन्टाइनको बारेमा केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको छ । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारसंग समन्वय नगर्दा आक्रोश र विरोध जारी छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रले आफुलाई दैनिक जसो स्थानीय बासिन्दाले ज्ञापनपत्र बुझाउदैं, खरिपाटीमा ल्याएर चीनबाट फर्किएका राखे सो अवधी घर छोडेर अन्यत्र जान्छौं भन्दै विरोध गर्ने गरेको बताए ।