माघ २१,
वीरगञ्ज । सिराहामा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले रोक लगाएको सुरक्षा पोष्ट सशस्त्र प्रहरीले स्थापना गर्न सुरु गरेको छ । नेपाली भूमिमा सशस्त्र प्रहरीले डिउटी पोष्ट राख्न खोज्दा रोक लगाइएको भएपनि दुवै तर्फका सर्भे टोलीको सल्लाह अनुसार सुरक्षा पोष्ट स्थापना गर्न लागिएको हो ।
पहिले नालाको छेउमा पोष्ट राख्न लागिएकोमा झण्डै ७ मिटर वर सारेर पोष्ट बनाउन थालिएको सशस्त्र प्रहरी बल बर्दिबासस्थित छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए । ‘पोष्ट निर्माणमा रोक लगाएपछि नापी विभाग, भारततर्फबाट आएको सर्भे टोली र सीमावर्ती सुरक्षा निकायसँग समन्वय गर्यौं ।’ डीआइजी अर्यालले भने ‘ उनीहरुकै सल्लाह अनुसार पहिले राख्न खोजिएको स्थान भन्दा केही वर पोष्ट बनाउँदैछौं ।’