एक अर्बपतीको जीवनसाथी बन्न २७ हजार महिलाको आवेदन

186

माघ २०,
बीबीसी । स्पेसएक्स मिशनको पहिलो अन्तरिक्ष पर्यटकका रूपमा चन्द्रमा वरिपरि यात्रा गर्ने योजना बनाएका जापानी अर्बपतिले आफूसँग सहयात्रा गर्ने ुजीवनसाथीु को खोजी स्थगित गरेका छन्। फेशन उद्योगमा महारथी मानिएका युसाकु माइएजावाले २० वर्षमाथिका अविवाहित महिलाहरूलाई जोडी बाँध्ने एउटा कार्यक्रममा सहभागी हुन आवेदन दिन आमन्त्रण गरेका थिए ।

झन्डै २८,००० महिलाले आवेदन दिएका पनि थिए । तर गत हप्ता उनले आफूलाई मिश्रित अनुभूति भएको भन्दै जीवनसँगिनी खोज्ने योजना स्थगित गरेको घोषणा गरे । उनको सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने योजना भने परिवर्तन भएको छैन। उनी अब एक्लै अन्तरिक्ष पर्यटक बन्नेछन् । गत महिना ४४ वर्षीय माइएजावाले एउटा वेबसाइटमा विज्ञापन गरेका थिए । त्यसमा सर्त र मापदण्डहरूको सूची थियो। आवेदक अविवाहित, २० वर्षमाथि र अन्तरिक्षयात्रा गर्न इच्छुक महिला हुनुपर्ने उल्लेख थियो । आवेदकमध्ये एक जना मात्रै छानिने र त्यो प्रक्रियामा फूल मून लभर्स नामक वृत्तचित्र बनाउने योजना भएको बताइन्छ । तर उनले ट्विटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरे ।