देशको शासनमात्र होइन यूट्यूबपनि ‘कमरेड’को कब्जामा

152
Rashmika Mandanna New Latest HD Photos | Chalo Movie Heroine Rashmika Mandanna Photo Shoot Images

माघ १५,
काठमाडौं । नेपालमा दुई वर्षदेखि शासन शक्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चलाईरहेको छ । पछिल्लो केही दिन यता सामाजिक संजालमा कम्युनिष्टहरुले प्रयोग गर्ने शब्द कमरेडलाई सापटी लिएर बनाईएको चलचित्र डीयर कमरेडको चर्चा चुलिएको छ । दक्षिण भारतीय सिनेमाको विश्वमा आफ्नै किसिमको लोकप्रियता छ । विशेषगरी ती सिनेमाको लोकप्रियतालाई भिडिओ संजाल यूट्यूबमा देख्न सकिन्छ।

दक्षिण भारतका विभिन्न क्षेत्रिय भाषाका सिनेमाको हिन्दी डब संस्करणले अनेक काण्ड शीर्षकधारी भिडिओको नेपाल ट्रेन्डिङलाई पन्छाउँदै एक नम्बरमा पर्ने गरेको अवस्थाबाट ती सिनेमाहरुको लोकप्रियता बुझ्न सकिन्छ।केही दिन दिन हुन थालिसकेको छ डियर कमरेड नामक सिनेमा नेपाल ट्रेन्डिङमा कब्जा जमाएर बसेको छ।सिनेमाको मुख्य भूमिकामा छन् विजय देवराकोंडा र रश्मिका मन्डानाको प्रेमकथामा आधारित सिनेमा विशेषगरी विजयका कारण धेरै नेपाली दर्शकको नजरमा परेको हो। यसका साथै डियर कमरेडको रिलिज लगत्तै चर्चित बलिउड निर्माता तथा निर्देशक करण जोहरले लगत्तै हिन्दीमा यस सिनेमालाई बनाउने घोषणा गरेपछि यो सिनेमालाई लिएर दर्शकमा रुचि जाग्न सुरू भएको थियो।

सोही सिनेमाको हिन्दी डब यूट्यूबमा रिलिज भएपछि नेपाली दर्शकहरु रोजाइमा यो सिनेमा परेको हो र साता दिनदेखि ट्रेन्डिङको पहिलो नम्बरमा रहिरहेको छ। विजयका कारण दर्शकको प्रारंभिक आकर्षणमा परेको सिनेमाले नयाँ आकर्षण दिएको छ। र ती आकर्षण भनेको यसकी अभिनेत्री रश्मिका हुन्। सिनेमा हेरेपछि धेरै उनको फ्यान भएका बताइ रहेका छन्। उनको लोकप्रियता पछिल्लो समय दक्षिण भारतमा एकदमै बढेको छ। कन्नड सिनेमाबाट रजतपटमा प्रवेश गरेकी रश्मिका कति लोकप्रिय छिन भन्ने कुरा उनलाई दिइएको कर्नाटका क्रसुको उपनामबाटै सजिलै बुझ्न सकिन्छ। मोडलिङबाट सिनेमामा प्रवेश गरेकी रश्मिकाको सफलता र लोकप्रियताको असाध्यै छिटोछिटो अघि बढेको छ।

२४ वर्षिय रश्मिका सन् २०१६ मा कन्नड सिनेमा ुकिरिक पार्टीुबाट डेब्यू भएकी हुन्। हाल तेलेगु र कन्नड सिनेमामा व्यस्त रश्मिका ती थोरै अभिनेत्रीमा पर्छिन जसको सिनेमाले थोरै समयमा एक खर्ब भारूको कमाइ गरेका छन्। लगातारका सफल सिनेमाले उनी तेलेगु र कन्नड सिनेमाकी अत्याधिक लोकप्रिय र सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनिसकेकी छन्। सिनेमाका बारेमा नेपालका सिनेमा पारखीहरू त्यसमा पनि युवा दर्शकहरुले सकारात्मक धारणा राखिरहेका छन्। युवापुस्तामाझ लोकप्रिय रहेका विभिन्न ग्रुपमा सिनेमाको राम्रै चर्चापरिचर्चा छ।