दुई छाक टार्न छोराछोरी बेच्ने देश !

246

माघ ७,
एजेन्सी । गरिबीको चपेटामा पिल्सिएका अफ्रिकी मुलुक गाम्बियामा छोराछोरीको भविष्य र आफ्ना लागि दुई छाक टार्नको लागि आफ्नै छोराछोरीको व्यापार गर्ने गर्छन् । हामीलाई सुन्दा पनि अचम्म लाग्छ, कोही आमाबुबा कसरी आफ्नो सन्तानलाई पैसाको लागि बेच्न सक्छन् ? त्यो पनि एकदमै थोरै भन्दा थोरै पैसामा । तर, गरिबी यस्तो अवस्था हो जसले मान्छेलाई जुनसुकै काम गर्न पनि बाध्य बनाउँछ । यतिसम्म कि उनीहरुले आफ्ना छोराछोरीलाई जम्मा २०० रुपियाँमा बेचिरहेको र किन्नेहरुले ती बालबालिकालाई बलात्कार गर्ने गरेको खुलेको छ ।

द सनको वेभसाइटमा छापिएको समाचारको अनुसार थुप्रै बच्चाहरु बेच्न र किन्न राखिएको पाइएको छ । ती बालबालिकालाई किन्नको लागि विभिन्न देशहरुबाट आउने धनि व्यक्तिहरु आउने गरेको पाइन्छ । धनि व्यक्तिहरुले गरिब देशको कमजोर कानुनी व्यवस्थाको फाइदा उठाइरहेका छन् । जो विदेशीहरु बिदा मनाउन त्यहाँ जान्छन् तिनीहरुले नै यस्तो व्यापार चलाइरहेका छन् ।उक्त वेभसाइटमा छापिएका तस्बिरहरुमा गोरा विदेशीसँग अफ्रिकी मुलका बालबालिकाको तस्बिर देख्न सकिन्छ । उनीहरु ती बालबालिकालाई खुवाउने, घुमाउने र तिनीहरुसँग शारीरिक सम्बन्ध राख्ने गर्छन् । वेभसाइटका अनुसार पुरुषहरु मात्रै होइन महिलाहरु पनि बच्चाहरु किन्ने गर्छन् । गरिबीका कारण आमाबाबु ति बच्चाहरु विदेशीहरुलाई सुम्पिन्छन् ।

त्यहाँका मानिसहरु बच्चा विदेशीलाई दिएर उनीहरुको उज्वल भविष्यको कामना गर्छन् तर वास्तवमा ती बालबालिका अर्कै कामका लागि प्रयोग हुने गरेका छन् । उक्त वेभसाइटले गरिबीको चपेटामा परेका आमाबुबाले छोराछोरी बेचिरहेको तस्बिर सार्वजनिक गर्दै ती आमाबुबाले केवल २ युरोको लागि छोराछोरी बेच्ने गरेको खुलासा पनि गरेको छ ।