मिटरब्याजमा लगाएर घर जग्गा कब्जा गर्ने राजपाका केन्द्रीय सदस्य पक्राउ

153

पुस २३,
काठमाडौं । राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । घरजग्गा कब्जा गरेको आरोपमा सर्लाही प्रहरीले केन्द्रीय सदस्य यादवलाई नियन्त्रणमा लिएको हो । सर्लाहीका पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो पोखेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
आइजीपी खनालको निर्देशनलगत्तै यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादव बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेश्रो भएका व्यक्ति हुन् । यादवसँगै तत्कालीन नयाँ शक्ति पार्टीका प्रदेशसभा उम्मेद्वार सञ्जय रौनियारले समेत ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको भन्ने उजुरी परेको थियो । यादवमाथि जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने गरेको आरोप समेत लाग्ने गरेको छ ।