पुस २२,
काठमाडौं । केही सातायता इरान र अमेरिकाबीच तनाव चुलिँदै गएपछि मध्यपूर्वमा रहेका नेपालीको अवस्थबारे सरकारले चासो लिएको छ। यसबीच सरकारले इराकमा रहेका नेपालीलाई उद्धारको तयारी गरेको जनाएको छ। मंगलबार गरिएको पत्रकार सम्मेलनमा इराकमा रहेका नेपालीलाई ुरेस्क्युु गर्ने योजना बनाइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन्। उनका अनुसार परराष्ट्र मन्त्रालयको अगुवाइमा ुएक्टिभु टोली बनाउने र पलपलको खबर राख्ने योजना सरकारले बनाएको छ।
यता, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले इराका रहेका नेपालीको तथ्यांक संकलन कार्य भइरहेको बताएका छन्। सरकारले नेपाली नागरिकलाई इराक जान प्रतिबन्ध लगाएको छ। इराकामा अवैध तरिकाले नेपाली पुग्ने गरेका छन्। अवैध तरिकाले नेपाली इराक जाने गरेकाले यसबारेमा सरकारसँग एकिन तथ्यांक छैन। ‘इराकमा कति व्यक्ति छन्, परराष्ट्र मन्त्रालयमार्फत डाटा संकलन हुँदैछ’ उनले भने दुई मन्त्रालयबीच अस्तिमात्रै छलफल भएको थियो, स्टाटस लिने काम हुदैछ।ु परराष्ट्रसँग ुकनेडिनेसनु गरेर इराकमा रहेका नेपाली नागरिकलाई सुरक्षित राख्न केन्द्रित भएको बताए। यसअघि दुई शक्ति राष्ट्रबीचको तनाव युद्धको अवस्थामा पुगेपछि परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे सम्पूर्ण जानकारी लिन त्यहाँस्थित राजदूतावासलाई निर्देशन दिएको थियो।