आगामी तीन दिनको मौसम यस्तो छ, थाहा पाउनुहोस्, सचेत रहनुहोस्

136

पुस २१,
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनको मौसमको यस्तो रहेको छ । पश्चिमि निम्न चापिय प्रणालि भित्रिए सँगै देशका उच्च पहाडि र हिमालि क्षेत्रतिर बढि जाडोको महसुस हुने हुनाले चिसोबाट जोगिन हुन सबैमा अनुरोध छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २१ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी र पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम र पुर्वका एक दुइ स्थानमा हल्का बर्षाको संभाबना छ।

रातीः देशभर सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का बर्षाको संभाबना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस २२ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ भने पुर्वि भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ भने मध्य र पुर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा को संभाबना रहिको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस २३ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।