पुस १९,
काठमाडौं । मौसम बदली संगै उच्च हिमाली भुभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहि चिसो रहने हुनाले सतर्कता अपनाउनुहुन अनुरोध छ ।
मौसम विश्लेषण- हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।
मौसमको अवस्था
हाल देशको पहाडी भूभाग लगाएत उच्च हिमाली भुभागहरुमा सामान्य वदली रही बाँकि भुभागहरुमा आंशिक वदली रहेको छ |
आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस १९ गते (शनिबार)
राती : देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको संभावना रहेको छ ।
पुस २० गते (आइतबार)
दिउँसो : देशको पुर्वी भु-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रहनेछ। बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पश्चिमी भु-भाग लगायत मध्य पहाडी भु-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २१ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रहने साथै मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।