पुस ६,
भक्तपुर । महानगरिय प्रहरी वृत्त थिमिले बालुवा चोरी गर्न प्रयोग गरेको सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार मध्यपुर थिमि नगरपालिका वडा नं.८ स्थित मनोहरा खोलाको बालुवा मिनिट्रक हालेर चोरी तस्करी गर्दै गरेको अवस्थामा प्रहरी उक्त स्थानमा पुगेको थियो ।
प्रहरील बा. ४ ख ३४३७, बा. ४ ख २३१६, बा. २ ख ४४१६, र प्रदेश नं.३–००१–००५ ख ९२५१को मिनिट्रक नियन्त्रणमा \लिएका वृत्तका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
बालुवा चोरी निकासी भईरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी खोलामा पुगेको थियो । बालुवा निकालेर गाडीमा राख्दै गरेको अवस्थामा नियन्त्रणमा लिई कार्यालयमा ल्याउने प्रयास गर्दा चालकहरुले विवाद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीसंग वादविवाद गरि गाडी छोडी चालक फरार भएकोले चार वटै गाडी प्रहरीले नियन्त्रणमा लिएर कार्यालय थिमिमा ल्याई अनुसन्धान भईरहको डिएसपी कोइरालाले बताएका छन् ।
फरार सवारी चालक विरुद्ध अभद्र व्यवहारमा मुद्धा दर्ता गरि कार्वाही गरिने तथा चोरी तस्करी गरेकोमा सम्बन्धित नगरपालिकामा जरिवानाको लागि पठाईने प्रहरीले जानकारी दिएको छ ।