३३ वर्षे प्राध्यापकलाई मृत्युदण्डको सजाय

186

पुस ६, एजेन्सी । पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ ।३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा पेगम्बर मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको आरोप थियो । अतिरिक्त जिल्ला र सत्र न्यायाधीसले जुनैद हफिजमाथि पाँच लाख जरिवाना पनि तोकेको छ ।