इलामको एउटा गाउँ नै मासु खादैनन् किन ?

277

पुस ४,
इलाम । इलामको माङ्सेबुङ गाउँपालिमा एउटा फरक प्रचलन रहेको छ । त्यस गाँउमा देवी देवताका नाममा तथा मासु खाने प्रयोजनका लगि पनि पशुपक्षीको बध गरिदैन् । जहाँ मठमन्दिर तथा धार्मिकस्थलमा बली निषेध मात्रै गरिएको छैन मासु तथा मदिराको प्रयोगसमेत गर्न पाइँदैन । पहिलो पटक त्यहा पुग्ने जो कोहीलाई अनौठो लाग्छ । इलाम जिल्लाको माङ्सेबुङ्ग गाउँपालिका अन्तर्गत वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बा गाउँको पहिचान आफ्नै छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि देख्न सकिन्छ । किराँतहरुको धार्मिकस्थल माङसेबुङका करिब १५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ ।

सो गाउँमा चार वर्ष पहिले मासु जाँड, रक्सी निषेध गरिएको थियो । शाकाहारी गाउँको रूपमा घोषणा गरिएको त्यस ठाँउमा बाहिरबाट जाने मानिसहरूफाइ समेत कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न दिइदैन् । यस क्षेत्रमा फोहोर गर्न, सुगुँर, कुखुरा पाल्न तथा मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध नै लगाइएको छ । सोही समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका माङ्सेबुङ्ग गाउँपालिका वडा न ५ वडाध्यक्ष नरेन्द्रकुमार राई बताउछन् ।

किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता ९इश्वर० ले छानेको ठाउँ भएको विश्वास सहित माङसेबुङ करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ । विशेष गरी लिम्बू समदायको बसोबास रहेको सो स्थानमा किराँत धर्मगुरु आत्मनन्द लिङ्गदेनको कर्मथलोको रुपमा विकास गरिएको छ ।