पुस ३,
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव जारी छ । जसका कारण चिसो बढ्दो क्रममा छ । आज तराईका अधिकांश भुभागमा देखिएको हुस्सुरकुहिरो साथै पश्चिमी तराईका एक-दुई स्थानहरूमा शितलहरको सम्भावना छ । केहि ठाउँमा शितलहरका चलेको छ । जसका कारण ती स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले चिसोबाट बच्ने उपाय अवलम्बन गर्न सबैमा अनुरोध पनि गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस ३ गते (बिहिबार)
दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक बदली रही तराईका भु-भागमा हुस्सुरकुहिरो रहनेछ।
राति: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेनछ।
पुस ४ गते (शुक्रबार)
दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडिरहिमालि भु-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राति: देशभर आंशिक बदलिक देखि सामान्य वदली रहने छ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भु-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु(भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
पुस ४ गते (शुक्रबार)
दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडि र हिमालि भु-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राति: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ । र वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।