पुस १, भक्तपुर । नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब सभासद रामेश्वर ढुङेलको निधन भएको छ । २०७० सालको संविधान सभाको निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट निर्वाचित ६१ वर्षीय ढुङेलको मंगलबार दिउँसो निधन भएको हो । मस्तिष्क पक्षघात भएका उनको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा केही दिन यता उपचार भइ रहेको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।