मंसिर २७,
काठमाडौं। कीर्तिपुरका नविन महर्जनले पोहोर घर बनाउँदा भूइँ तला छाडेर प्रतितला २५ लाख रूपैयाँ हाराहारी खर्च भएको थियो। उनले अहिले चौथो तला थपेका छन् । २२ लाख रूपैयाँमै निर्माण सम्पन्न भएको छ।कीर्तिपुरकै ललित महर्जनले पनि यतिबेला घरको तला थपेका छन्। उनले पनि गत वर्षको तुलनामा प्रतितला दुईदेखि तीन लाख रूपैयाँसम्मै कम खर्चमा निर्माण सम्पन्न गरेका छन्।
यी त प्रतिनिधि पात्र मात्रै हुन्। यतिबेला तला थप्ने वा गत वर्ष एउटा घर बनाएर यो वर्ष अर्को घर बनाइरहेका जो कोहीले पनि २०/२५ लाख रूपैयाँ लागतमा हुने काममा २र३ लाख रूपैयाँ बचत गरिरहेका छन्। किनभने अहिले सिमेन्ट, डण्डी र इँटाको मूल्यमा धेरै नै गिरावट आएको छ। निर्माणमा प्रयोग हुने मुख्य/मुख्य सामाग्रीकै मूल्य घटेपछि घर बनाउन पोहोरभन्दा सस्तो भइरहेको छ।













