कात्तिक २२, २०७६ सिन्धुपाल्चोक : जिल्लाको सुकुटेस्थित सुनकोसीमा भएको बस दुर्घटनापछि अरनिको यातायातको सवारी साधनलाई मुडेबाट प्रवेश गर्न रोक लगाइने भएको छ। दुर्घटनापीडितले विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाउने जनाएका हुन्। नियमविपरित क्षताभन्दा बढी यात्रु बोकेकै कारण सवारी दुर्घटना भएको भन्दै सवारीलाई रोक लनाउने निर्णय गरिएको सुकुटे बस दुर्घटना संर्घष समितिका संयोजक रिमल बाबु श्रेष्ठले विज्ञप्ति जारी गर्दै बताएका छन्। १९ जनाको मृत्यु, ५० बढी घाइते र अझै केही बेपत्ता हुने गरी भएको भयानक दुर्घटनाको जिम्मेवार निकायले बेवास्ता गरेकै कारण आफूहरूले यो कदम चाल्न बाध्य भएको संयोजक श्रेष्ठले जनाए। ‘सरोकारवाला र दुर्घटना पीडितपक्ष बसेर पटक पटक छलफल गर्दासमेत जिम्मेवार निकाय कुनै निष्कर्षमा पुग्न नसकेपछि दोस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत सवारीलाई बन्द गराउन लागेका हौँ’, उनले भने, ‘२० गते विभिन्न मागसहित अरनिको यातायात समितिको पेश गर्दासमेत सुनुवाई गरेन। त्यसैले हामी प्रतिरोधमा उत्रन बाध्य भयौँ।’ दुर्घटनमा परि शैलुङ गाउँपालिकाको एकै गाउँको १६ जनाको ज्यान गएको थियो। अहिले सो गाउँ शोकमग्न बनेको छ। तिहार मनाएर काठमाडौँ फर्कर्दै गरेको यात्रुको मृत्युपछि गाउँनै शोकमा डुबेको हो। दोलखाबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस आइतबार दिउँसो सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको थियो। पीडितसँग वार्तामा बस्छौं : अध्यक्ष कुँवर दुर्घटना पीडितले यातायात समितिले बेवास्ता गरेको कुरालाई अस्वीकार गर्छन् अरनिको यातायात समितिका अध्यक्ष चित्र कुँवर। शव आफन्तलाई जिम्मा लगाएपछि मागबारे निष्कर्षमा पुग्न नसकेको उनले स्वीकार गरे। समितिको र बिमाको नियम अनुसार प्रतिमृतक परिवार किरिया खर्च ४० हजार र बिमाबाट ५ लाख रुपैयाँ दिन आफूहरू तयार भएको बताए। ‘उनीहरूले सो भन्दा अलिक धेरै रकमको माग गरेका छन्।














