आइतवार सार्वजनिक विदा

105

कार्तिक १६,
काठमाडौं । जनकपुरधाम मिथिलाञ्चलको प्रमुख पर्व छठ अवसरमा प्रदेश २ सरकारले कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिएको छ । यस पटकको छठ पर्व शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै बिदा दिँदै आएको थियो । छठ पर्व कठोर पर्व भएको र दुबै दिन बिदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन बिदा दिने उल्लेख गरेको छ । शनिबार स्वतः बिदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले बिदा दिएको छ ।