दुईतिहाइ सरकारलाई हेप्नी (सिस्नुपानीको देउसी-भैलो

184

कात्तिक १२,
काठमाडौं : सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यंग्य कस्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थितिमा यस वर्ष पनि सिस्नुपानी नेपालले काठमाडौंको प्रज्ञा भवनमा समसायमिक विषयमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको हो। आइतबार साँझ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भिआइपी अरु पनि कति महराहरू होलान् भनी व्यंग्य कसिएको छ। त्यसैगरी लाउडा काण्डमा सबै राजनीतिक दलहरूले मिलेर भ्रष्टाचार गरेको पनि दावी गरिएको छ। सिस्नुपानी नेपालको सो कार्यक्रममा कवि अर्जुन पराजुलीले सहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरूप्रति व्यंग्य गरे। उनले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेतालाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको गुन्जयमान भएको थियो। सिस्नुपानी नेपालको देउसी भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे सिस्नुपानी भन्छ – देउसिरे देउसी खेल्न मन छ – देउसिरे । आन्दोलनको आगो – बालेर निरंकुशतन्त्र – ढालेर राजतन्त्रलाई – फालेर द्वन्द्वलाई शान्तिले – टालेर जनताको संविधान – लेख्नेले नाका बन्दी – छेक्नेले धुलो बढार्न – सक्दैनौ ? खाडल पुर्न – सक्दैनौ ? जेल र नेल – भोग्नेले छातीले गोली – रोक्नेले देशको लागि – भनेर सर्र्वस्व गुमाउन – सक्नेले भ्रष्टाचार नगर्न – सक्दैनौ ? नैतिकता जोगाउन – सक्दैनौ ? अपराधी नपाल्न – सक्दैनौ ? देउसी खेल्न आयौँ हामी जनताले पठाए अझै बहादुर सभामुख खोज्न खटाए तानिँदैछन् लहरा भत्किँदैछन् पहरा भिआइपीमा को को होलान् गुप्त महरा (माननीय सदस्यहरू, म हुँ भन्नेले हात उठाउनुहोस् म होइन भन्नेले शिर उठाउनु होस् ।) ज्वालामुखी जस्तो गरी विस्फोट हुन्छन् घटना घटनालाई सामसुम पार्न आयोग गठन झ्याप्पै पारी जसको च्याप्पै समाउनु थ्यो कठालो आयोग आर्फैँ बस्ने गर्छ उसकै गोठालो । कल्ले खायो कल्ले खायो वाइडबडी पिलेन मिलिजुली खाको कुरा भन्नै मिलेन । नेपालमा आउँछ भन्छन् विदेशीको लगानी आशैआशमा बित्यो दुई तिहाइको जवानी नागार्जुनमा मुसो कुद्दा सिंहदरबार थर्किन्छ यस्तो कुरा सुन्दा हाम्लाई पानी सर्किन्छ थुनिँदैछन् अझै पनि कवि लेखक कलाकार नसम्झाउन न पन्चायतलाई हेल्लो सरकार हुक्के पनि तिनै छन् बैठके नि तिनै छन् शितल निवास जनताबाट टाढा हुँदै झन् राष्ट्रपति हुन खोज्दा राजाराजा भयौ कि घरतिर जानु पर्ने दरबार गयौ कि ! माथिकाले खाका छन् तलकाले खाका छन् प्रदेश सरकार कठैबरा मुख बाका छन् । एक वर्षमा १० महिना विदेश घुम्छन् मेयरज्यू उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइद्यूँ पिर्का माथि चढीचढी खान थाले सलामी कस्तो हतार यिनलाई जान आफ्नै मलामी म हिँड्दा बाटोमा – जाम छैन धुवाँ र धुलोको – नाम छैन जुत्ताले कार्पेट – टेकिन्छ खोइ कहाँ हिलो – देखिन्छ ! जाँ गयो त्यहीँ – भिड लाग्छ क्यामेरा मेरै – मुख ताक्छ शिलान्यासको – धपेडी छ मन्चमा जाँदा – थपडी छ देखेका जति – सुकिलै छन् भेटेका जति – हँसिलै छन् राजदूतले कुर्छन् – एक घण्टा मन्त्री नै ढुक्छन् – दुई घण्टा सि जिन फिङ लाई – ल्याकै हो मोदीलाई पनि – भ्याकै हो को त्यो विकास – नदेख्नी
विकासका सम्चार –नलेख्नी सरकारलाई चौतर्फी – चेप्नी हो ? दुईतिहाइ सरकारलाई – हेप्नी हो ? भेट्न भनी बोलाउँछन् प्रधानमन्त्री ओलीले एकोहोरो हानिरन्छन् आफ्नै बोलीले बालुवाटारको डाँडामाथि चिसो हावा सिरिरि विकास सिकास त्यस्तै हो रेशम फिरिरि रेशम फिरिरि रेशम फिरिरि पाँच वर्ष बित्न तीन वर्ष बाँकी रेशम फिरिरि । हा……. विषादीले भिसा माग्यो रक्सौलमा आएर सरकारले दिन्न भन्यो हा….. लैनचौरले फोन घुमायो के हो पारा भनेर बालुवाटारले सरी भन्यो हा…… इण्डियालाई खुशी पार्न व्यापारीलाई बचाउन हाम्ले विष खानुपर्ने हा…. सागपात समेत आयात गरी हाम्ले जीवन चलाको हामै खेतमा खोइ फलाको हा….. वीर जाति नेपालीको कति राम्रो बानी हो नि लै लै नपिउन्जेल ज्ञानी पिएपछि पानी अन्तै जाने घरै नजानी .।….. नेकपाको इस्कूलैमा कस्तो उच्च भावना नि लै लै माधव नेपाल दिने केपी ओली नलिने स्वास्थ्यलाभको शुभकामना…… एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको जनताले विश्वास गर्ने कुन चैंं बोलीको नातागोता आफन्त र परिवारका सबैलाई अंशै सरी बाँडेका छन् पद बरि लै कस्को घरमा डेरा बस्छौ भात खान काँ जान्छौ चिप्लिरन्छ जिब्रो तिम्रो केको तेल खान्छौ ? भाग्यमानी घरबेटी महादानी डेरावाल ब्ल्याक् लिस्टेडलाई मेलम्चीको ठेक्का मालामाल । कोही सांसद डन गुण्डा कोेही सांसद ज्यानमारा यिनै सांसद पार्टीलाई परम पियारा हिटलरले मान्छे माथ्र्यो ग्यास च्याम्बरमा हालेर अफ्तावले आगो ताप्यो मान्छे बालेर इट्टा पोल्ने भट्टीमा जिउँदै मान्छे पोलेर सांसद भयो, मन्त्री खायो छाति खोलेर देउवा दाइ भन्नुहुन्छ आलम मलाई चाहिन्छ नि लै लै दुनियाँले बोल्दैमा भट्टिमा मान्छे पौल्दैमा समाइहाल्न कहाँ पाइन्छ ? हाम्रा विश्वविद्यालय घाँस र झारले ढपक्कै नि लै लै दलले खेद्दै लान्छन् गाईगोरु जान्छन् खुरुखुरु हरियो घाँस खान्छन् । केको लर्को केको लर्को युट्यूबरको लर्को चौथो अङ्ग मिडियाको कस्तो खबरदारी तर्साउँदै समाचारमै कालो बजारी राष्ट्रसेवक भन्ने हाम्रो स्थायी सरकार कस्तो छ ? बाली चोरी खाने अटेर साँढे जस्तो छ पछिपछि अख्तियारले पिँडुलामा हान्दैछ अघिअघि घुसको बुजो मुखले तान्दैछ भजन सुन्न मन्दिर गाको राष्ट्रगान पो घन्कियो चिताबाट मान्छे उठी तनक्क तन्कियो । मधेशवादी दलको आफ्नै मौलिक ढङ्ग छ छेपारोलाई छक्कै पार्ने बहुरङ्ग छ सरकार पनि चलाउने संविधान नि जलाउने झण्डावाला गाडी चढी जुलुस लगाउने । काँ बिलाए आरके कमरेड काँ हराए अशोक राई कहाँ पुगे निख्खुर क्रान्तिकारी भट्टराई चिन्ता लाग्छ ती प्याराले हामीलाई भुले कि ! चोक्टा खान हिँडेका थे झोलमा डुबे कि !