Wednesday, September 30, 2026
Home समाचार आज नरक चतुर्दशी र लक्ष्मीपूजा सँगसँगै

आज नरक चतुर्दशी र लक्ष्मीपूजा सँगसँगै

667

कार्तिक १०, काठमाडौं । आज आईतबार राति नरक चतुर्दशी र लक्ष्मीपूजा सँगसँगै परेको छ।
यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा मनाइन्छ। तर यसपटक दोस्रो दिन गरिने कुकुर तिहार तिथि गणनाअनुसार आइतबार बिहान नै परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार चतुर्दशी तिथि आइतबार कार्तिक १० गते बिहान ११ः५० सम्म छ र त्यसपछि औँशी तिथि सुरु हुन्छ। यसअनुसार बिहान चतुर्दशी तिथि रहँदा कुकुर पूजा र बेलुकी औँशी तिथि रहँदा लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ।

नरक चतुर्दशी पनि यसै दिन परेको छ। यस अवसरमा नरकस्वरूप मानी प्रायः अँध्यारो हुने भुइँ तल्लाका कोठाहरू तथा शौचालयआदिमा दीप बालिन्छ। विशेषतः नेवाः समुदायका केही समूहले यसै दिन लक्ष्मी भित्र्याउनु र लक्ष्मीपूजा गर्न नहुने परम्परा भनी विरोध जनाएका थिए। भगवान् विष्णुकी प्रिय श्रीमती तथा धनकी देवी मानिने लक्ष्मीको यस दिन विशेष पूजा गरिन्छ। यसका साथै ढुकुटी, सेफ आदि धन सञ्चय गर्ने ठाउँको पनि यस दिन पूजा गरिन्छ। newsofnepal